
बिर्तामोड, चैत २ । झापाको बाह्रदशी गाउँपालिका–६ नारायणचोकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
हिजो राति १२ः४५ बजे चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे. ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय विकास भट्टराई गम्भीर घाइते भएका हुन् ।
टाउकोमा चोट लागेर गम्भीर अवस्थाका भट्टराईलाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।