
बिर्तामोड, चैत ३ । झापा शिवसताक्षी-९ मा दुई दिनअघि पिकअपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ ।
आज दिउँसो २ः०५ बजे १२ वर्षीय आदर्श खनालको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
साइकलमा रहेका खनाललाई दुधेबाट शिवगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ८९५० नम्बरको पिकअपले ठक्कर दिएको थियो ।
चैत १ गते साँझ ५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेचोकनजिक भित्री सडकखण्डमा सोही दिशातर्फ जाँदै गरेका फणिन्द्र खनालका छोरा आदर्शलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते आदर्शलाई बिएन्डसी अस्पताल लगिएको थियो भने दुर्घटनापछि पिकअप चालक फरार भएका थिए । फरार रहेका पिकअप चालक शिवसताक्षी ११ बस्ने २७ वर्षीय सागर भनिने सिटु पोद्दारलाई पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।