२०८१ चैत्र ४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भोजपुरमा बासिखोरा रन २०८१ हुने


बिर्तामोड, चैत ४ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ‘बासिखोरा रन २०८१’ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ ।

आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार यही चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र पुरुष तथा महिला ४० वर्षमाथिको विधा समावेश गरिएको छ ।

पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८ र पुरुष तथा महिला ४० वर्षमाथिको समूहमा सहभागीले १० किलोमिटर दौडिनुपर्ने स्थानीय प्रशिक्षक तथा प्रतियोगिताका सम्पर्क व्यक्ति प्रशान्त जिज्ञाशुले जानकारी दिए । त्यस्तै, पुरुष तथा महिला अन्डर १३ का सहभागीले ६ किलोमिटर दौड पूरा गर्नुपर्नेछ ।

पुरुष तथा महिला खुलाका विजेताले नगद ११ हजार, दोस्रोले नगद ८ हजार, तेस्रोले नगद ५ हजार तथा चौथो र पाँचौँ हुनेले नगद १५०० रुपैयाँ पाउने छन् ।

त्यस्तै, पुरुष तथा महिला अन्डर १८ का विजेताले नगद ९ हजार, दोस्रोले नगद ६ हजार र तेस्रो हुनेले नगद ४ हजार पाउने जिज्ञाशुले जानकारी दिए ।

पुरुष तथा महिला ४० वर्षमाथिको विजेताले नगद ७ हजार, दोस्रोले नगद ५ हजार र तेस्रो हुनेले नगद ३ हजार पाउनेछन् । त्यस्तै, पुरुष तथा महिला अन्डर १३ का विजेताले नगद ६ हजार, दोस्रोले ४ हजार र तेस्रो हुनेले नगद २ हजार पाउने छन् ।

Adv footer