
मेचीनगर, चैत ४ । इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस–११ ले जितेको छ । आज भएको फाइनल खेलमा थन्डर्स–११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस–११ च्याम्पियन बनेको हो ।
विजेता पेनोरिस–११ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको थन्डर्स–११ ले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्र बुझाएको छ ।
मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको थन्डर्सले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो ।
थन्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ रन बनाए भने आयुष न्यौपानेले १४ रन तथा आशिक राना मगरले १३ रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । थन्डर्सका दुईजना ब्याट्सम्यान शून्यमा आउट भए । बलिङतर्फ पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले समान २÷२ विकेट हात पारे भने सन्दिप प्रसादले १ विकेट लिए ।
९२ रनको सामान्य लक्ष्य पाएको पेनोरिस ११ ले ९ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा विजयी लक्ष्य हासिल ग¥यो । पेनोरिसका ओपनरद्वय शुभांकर देवनाथ र कञ्चन उप्रेतीले अर्धशतकीय पारी खेलेका थिए ।
शुभांकर २४ बलमा व्यक्तिगत ५२ रन जोड्दै पेवेलियन फर्केका थिए भने कञ्चन उप्रेतीले टिमका लागि १५ रनको योगदान दिएका थिए । थन्डर्सका शिव राजवंशीले २ विकेट लिएका थिए भने विराट डाँगीले १ विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच पेनोरिसका शुभांकर देवनाथ भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे ।
प्रतियोगितामा ७ विकेट तथा ७८ रन बनाएका थन्डर्सका रोहित राजवंशी प्लेयर अफ द सिरिज घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी हात पारे ।
समापन कार्यक्रममा पूर्वीगर्जन डटकमका सम्पादक प्रविण अधिकारीलाई सम्मान गरिएको छ । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीको प्रायोजन रहेको प्रतियोगिता सम्पन्न गर्न विद्या विकास एकाडेमी, बाहुनडाँगी जेसिजलगायतको सहयोग रहेको थियो ।
संस्थाका अध्यक्ष जीवनकुमार दर्जीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिवस पौडेलले गरेका थिए भने कार्यक्रम संयोजक प्रविण भण्डारीले स्वागत गरेका थिए ।