२०८१ चैत्र ४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी अध्यक्षमा झापाका पराजुली


बिर्तामोड, चैत ४ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् ।

सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका युवा व्यवसायी तथा उद्योगी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह र धनकुटाका रुपेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै, महासचिवमा झापा बिर्तामोडका सन्तोष उप्रेती, सचिवमा मोरङका दिपककुमार तिम्सिना, कोषाध्यक्षमा सुनसरीका रण थेवे लिम्बू, सहकोषाध्यक्षमा मोरङका कृष्ण दाहाल चयन भएका छन् ।

सदस्यहरुमा मोरङका उमेश कार्की र गणेश नेपाली, सुनसरीका सुयोग पाख्रिन र ममता प्रसाईं तथा उदयपुरका दिना चौधरी चयन भएका छन् । अध्यक्षले अन्य ४ जना सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था रहेको छ ।

महासंघका केन्द्रीय सदस्य प्रज्ज्वल राईको अध्यक्षतामा भएको भेलाले कोशी प्रदेश समिति गठन गरेको हो । यसअघि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा जिल्ला समिति गठन भइसकेको छ ।

Adv footer