२०८१ चैत्र ५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनकी छात्रा रेजिना वक्तृत्वकलामा प्रथम


मेचीनगर, चैत ५ । झापा मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविकी छात्रा रेजिना बन मेचीनगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् ।

मेचीनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ र १२ तर्फ इस्ट होराइजनकी बन प्रथम भएकी हुन् ।

प्रथम भएसँगै कक्षा १२ की विद्यार्थी बनले नगद १० हजार र प्रमाणपत्र पाएको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले झापा टुडेलाई जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा हिमालयन इङलिस स्कुल दोस्रो, बलभद्र जनता मावि तेस्रो र कवि शिरोमणि माविका विद्यार्थी सान्त्वाना भए । उनीहरुले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ र प्रमाणपत्र पाए ।

Adv footer