
बिर्तामोड, चैत ८ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडका विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विक्को अवसर पारेर कक्षा ११, १२ र बिबिएसमा अध्ययनरत् १०० जनाभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकका अपरेसन इन्चार्ज सुराज सुवेदीले जानकारी दिए ।
बैंकिङ सेवा सुविधा, बचत तथा लगानीको महत्त्व, लगानी प्रक्रिया तथा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, डिजिटल बैंकिङ, डिजिटल बैंकिङ फ्रड र त्यसको सावधानीका उपायहरु, शेयर बजार, एसआएपी लगायतको बारेमा विद्यार्थीलाई जानकारी गराइएको हो ।
विद्यार्थीलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडका शाखा प्रबन्धक दिनेश पनेरुले वित्तीय साक्षरता प्रदान गरेका थिए ।
कार्यक्रममा एमिटीका प्रिन्सिपल राधेश्याम शर्मा ढकालले विद्यार्थीलाई वित्तीय सारक्षता गराइदिएकोमा बैंकलाई धन्यवाद दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरता प्राप्त गरेर बैंकिङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताए ।
बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्तीय साक्षरता कार्यक्रम गरिसकेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका बिर्तामोड शाखाका अपरेसन विभागका कर्मचारी पूजा शाहले जानकारी दिइन् ।