
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड र भद्रपुर नगरपालिकाले मकवानपुरमा जारी हेटौँडा कप अन्तरपालिका राष्ट्रिय पुरुष हक्की प्रतियोगिता (फाइभ एस) मा उत्कृष्ट सुरुवात गरेका छन् ।
लिग चरणमा शतप्रतिशत जित निकाल्दै बिर्तामोड र भद्रपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग चरणमा बिर्तमोड समूह ए को उपविजेता तथा भद्रपुर समूह बि को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
पाँचवटा टिम रहेको आफ्नो समूहमा बिर्तामोडले लिग चरणमा चार खेलमा तीन जित र एकमा बराबरी खेल्यो भने चार टिम रहेको आफ्नो समूहमा भद्रपुरले तीन खेलमा दुईमा जित र एकमा बराबरी खेलेको प्रशिक्षक दिपक खतिवडाले जानकारी दिए ।
फाइनल प्रवेशका लागि आज हेटौँडा–४ स्थित हुप्रचौर खेलमैदानमा बिर्तामोड र भद्रपुर आपसमा खेल्नेछन् । त्यस्तै, पहिलो सेमिफाइनल खेल भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाबीच हुनेछ ।
आज नै हुने फाइनलमा प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, ट्रफी, डल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।