२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सुरुङ्गा सहकार्य खुला साइकल दौडको उपाधि गाईघाटका निमालाई


बिर्तामोड, चैत ९ । झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा प्रथम भएका छन् ।

शेर्पाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले नगद १५  हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० मिनेट १० सेकेन्डमा दूरी पूरा गरे । बस्नेतले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

त्यस्तै, मेचीनगरकै मिलन राजवंशी तेस्रो भए । उनले ३० मिनेट २४ सेकेन्डमा दूरी पूरा गरे । राजवंशीले नगद ७ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितामा प्रदिपकुमार शाह, बादल लिम्बू, साहिल नेपाली, समिर चौधरी र युवराज लावती सान्त्वना भए । उनीहरुले जनही नगद २ हजार, मेडल र प्रमाणपत्र पाए ।

महिला सहभागी सुष्मा शाक्य, संगीता दनुवार र डक्टर गृष्मा रावललाई प्रोत्सहानस्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर लगायातका जिल्लाबाट १० वर्षीय बालकदेखि ६० वर्षसम्मका ५० जना खेलाडीको सहभागिता रहेको थियो ।

सुरुङ्गा बजारबाट सुरु भएको साइकल दौड कनकाई नगरका विभिन्न पर्यटकीयस्थलहरु जामुनखाडी, प्रजापति, धनुषकोटी हुँदै सुरुङ्गामा आएर टुंगिएको थियो ।

विजेताहरुलाई कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, क्लबका संस्थापक अध्यक्ष प्रविन तिम्सिना, सचिव कमल कट्टेल, अध्यक्ष सुमन कार्की, निवर्तमान अध्यक्ष टिकाराम भण्डारी, कार्यक्रम संयोजक पूर्णकुमार नेवार, सचिव भीम राजवंशीलगायातले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

Adv footer