२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरलाई हेटौँडा कप अन्तरपालिका हक्कीको उपाधि


बिर्तामोड, चैत ९ । झापाको भद्रपुर नगरपालिकाले मकवानपुरमा भएको हेटौँडा कप अन्तरपालिका राष्ट्रिय पुरुष हक्की प्रतियोगिता (फाइभ एस) को उपाधि जितेको छ ।

आज भएको फाइनल खेलमा वेदकोट नगरपालिकालाई स्टोकमा हराउँदै भद्रपुरले उपाधि जितेको हो । गत वर्ष भद्रपुर उपविजेता बनेको थियो ।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल स्टोकतर्फ धकेलिएको थियो । स्टोकमा भद्रपुरले वेदकोटलाई ३-२ गोल अन्तरले हरायो ।

उपाधिसँगै भद्रपुरले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वेदकोटले नगद २० हजार, ट्रफी, डल तथा प्रमाणपत्रमा चित्त बुझायो ।

९ वटा नगरपालिका सहभागी प्रतियोगितामा गत वर्षको विजेता भीमदत्त नगरपालिका तेस्रो भयो । उसले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । भीमदत्तले झापाको बिर्तामोडलाई हराएको हो ।

Adv footer