
बिर्तामोड, चैत ११ । प्रादेशिक कार्यक्षेत्र भएको नेपालको एक मात्र बैंक एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
बैंकले आज झापाको मेचीनगर–२ गाडागल्लीस्थित श्रीकृष्ण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक वृत्तिविकासको लागि शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत डक्टर इन्द्रकुमार कट्टेलले विद्यालयका प्रधानाध्यापक राजनकुमार गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई मञ्जील देवानलाई एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की, मार्केटिङ अफिसर गजेन्द्र ढकाल, काँकरभिट्टा शाखाका शाखा प्रबन्धक उमेशकुमार घिमिरेलगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका सदस्य र शिक्षकहरुको उपस्थिति रहेको थियो ।
एक्सेल डेभलपमेन्ट बैंकले कोशी प्रदेशभरि आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको प्रदेशभरि सेवा प्रदान गर्ने जनाएको छ ।