२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका कट्टेल साफको महासचिव नियुक्त


बिर्तामोड, चैत १३ । नेपालका पुरुषोत्तम कट्टेल दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव नियुक्त भएका छन् ।

साफको कार्यकारी समितिले झापा भद्रपुरका कट्टेललाई महासचिव पदमा नियुक्त गरेको साफले जनाएको छ ।

अब उनले बंगलादेशका अनवारुल हकको स्थान लिनेछन् । सन् २०१५ देखि साफको महासचिव रहेका हकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि उक्त पदक खाली थियो । पुरुषोत्तम कट्टेलले अब २०२५ अप्रिल १ देखि लागु हुनेगरी कार्यभार सम्हाल्ने साफले जनाएको छ ।

साफको महासचिवको रुपमा काम गर्नुअघि कट्टेलले एसियाली फुटबल महासंघ (एएफसी) को हेड अफ युनिट अफ साउथ एसियाको भूमिकामा काम गरेका थिए । जहाँ उनले १७ वर्ष कार्य गरेको अनुभव छ ।

कट्टेलसँग फुटबल क्षेत्रमा सुशासनदेखि अन्तर्राष्ट्रिय सम्बन्ध, प्रतियोगिता विभाग लगायत धेरै क्षेत्रमा काम गरेको अनुभव छ ।

साफ महासचिव नियुक्त भएपछि कट्टेलले आफू उत्साहित भएको र आफ्नो लागि चुनौती र अवसर रहेको बताए । ‘साफको महासचिव हुँदा म एकदमै खुसी छु । यो मेरो लागि ठुलो अवसर हो र साथै चुनौती पनि हो । मैले फुटबलमा करियर सुरु गर्दा नै दक्षिण एसियालाई नजिकबाट हेरेको छु,’ कट्टेलको भनाई साफले उद्धृत गर्दै लेखेको छ, ‘यो क्षेत्र चुनौतीपूर्ण क्षेत्र हो तर साथै यो क्षेत्रमा धेरै अवसरहरु समेत छ । मलाई विश्वास छ भविष्यमा यो क्षेत्र अझ राम्रो हुनेछ ।’

कट्टेलले आफूलाई साफको महासचिव नियुक्त गरेकोमा साफ अध्यक्ष काजी सलाहुद्दिन र साफको कार्यकारी समितिको सदस्यहरुदाई धन्यवाद दिए । त्यस्तै, यसअघिका साफ महासचिव हकलाई पनि उनको कार्यकालका लागि कट्टेलले धन्यवाद दिए ।

Adv footer