२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दर्शकको मन जित्दै ‘अञ्जिला’


बिर्तामोड, चैत १४ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाको सुब्बाको जीवन संघर्षमा आधारित ‘अञ्जिला’ यस वर्षको सुपरहिट फिल्म बनिसकेको छ ।

२ करोडमा बनेको फिल्मको हालसम्मको कमाइ ४ करोड ४८ लाख रुपैयाँ ग्रस छ । यो चलचित्र विकास बोर्डमा देखिएको तथ्यांक हो । यो तथ्यांक पछिल्लो समय कुनै नेपाली फिल्मले गरेको उत्साहजनक तथ्यांक हो ।

केही हलहरूमा बक्स अफिस जडान नभएकाले फिल्मको कमाइ साढे चार करोडमाथि हुनसक्ने देखिन्छ । ‘अञ्जिला’ले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । मिलन चाम्स निर्देशित फिल्मले आगामी सप्ताहन्त ५ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण छ ।

‘अञ्जिला’को यो कमाइ हेर्दा यो फिल्मले पछिल्लो समयका हिट ब्यानर र कलाकारका फिल्मको कमाइलाई पनि उछिनेको छ । २ करोड रुपैयाँ लगानीमा बनेको फिल्मले विदेशबाट मात्र लगानी सुनिश्चित गरिसकेको निर्देशक चाम्सले बताए ।

उनका अनुसार ‘अञ्जिला’ले विदेश राइट बिक्रीबाट मात्र साढे २ करोड नेट कमाएको छ । ‘विदेशबाट मात्र हामीले लगानी उठाइसक्यौँ’ चाम्सले भने ।

बक्सअफिस र विदेशको राइट जोड्दा मात्र ‘अञ्जिला’को ग्रस कमाइ ७ करोडभन्दा माथि हुन आउँछ । ‘अञ्जिला’ निर्देशक चाम्सको अहिलेसम्मको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत बनेको छ । आउँदो साता फिल्मको सक्सेस समारोह आयोजना गर्ने तयारी भएको पनि चाम्सले जनाए ।

Adv footer