२०८१ चैत्र १९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सुन चोरेर भाग्दै गर्दा दमकका बराइली पक्राउ


बिर्तामोड, चैत १६ । झापाको दमकमा लाखौँ रुपैयाँ चोरी गरेर भाग्दै गर्दा स्थानीय एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक-५ का ३४ वर्षीय राजेश बराइली छन् ।

हिजो दिउँसो अन्दाजी ३ बजे बराइलीले वडा नम्बर ५ नारायणगोपाल टोल बस्ने ५६ वर्षीय दिपेन्द्र अधिकारीको एकतले पक्की घरमा कोही नभएको समयमा घरको चेन गेट फुटाएर चोरी गरेका थिए ।

घरभित्र पसेर सुत्ने कोठाको ताल्चा फुटाएर काठ र स्टिलको दराजभित्र राखेको सुन चोरेर भाग्ने क्रममा स्थानीयले देखेर इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए । प्रहरी टोलीले बराइलीलाई नियन्त्रणमा लिएको हो ।

उनले बोकेको झोलाभित्र सुनजस्तो देखिने पहेँलो धातु तिलहरी थान १, नौगेडी थान १, पहेँलो धातुको लकेटसहितको सिक्री थान १, हातमा लगाउने चुरा थान १, कानमा लगाउने टप थान ४ थान (दुई जोर), औँठी थान २ गरी अन्दाजी ७ तोलाको अन्दाजी १२ लाख बराबर र नगद १८ हजार फेला परेको प्रहरीले जनाएको छ ।

Adv footer