२०८१ चैत्र १९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

गोमेन्द्रको २९ औँ वार्षिकोत्सवः फुटबलर गुरुङलाई सम्मान


बिर्तामोड, चैत १७ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रामदर्शन गुरुङलाई बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले ‘गोमेन्द्र सम्मान’ प्रदान गरेको छ ।

झापा बिर्तामोडस्थित सैनिकबजारका गुरुङलाई महाविद्यालयले २९ औँ वार्षिकोत्सवका अवसरमा नगद २१ हजार १२१ रुपैयाँसहित सम्मान गरिएको हो ।

राष्ट्रिय स्तरसम्म नाम कमाउने धेरै झापाली फुटबल खेलाडी जन्माएका गुरुङ झापाको सैनिक बजारलाई फुटबलको उद्गमभूमिका रूपमा स्थापित गराउन आज पनि उत्तिकै सक्रिय छन् ।

७३ वर्षीय गुरुङ झापाली फुटबलको मान र सान उच्च बनाउन २०३२ सालदेखि निरन्तर मैदानमा छन् । प्रवेश कटुवाल, दिलेन लोक्ताम, राजकुमार कन्दङवा, सञ्जय राईजस्ता राष्ट्रिय खेलाडीहरूलाई उनले नै फुटबल सिकाएका हुन् ।

गोेमेन्द्रले गुरुङसहित छजनालाई सम्मान गरेको हो । जयनारायण खनाल स्मृति पुरस्कार निता कुमाल, दाताराम शर्मा खनाल स्मृति पुरस्कार कृष्णप्रसाद अर्याल र अलबिना गुरुङ, गोविन्द–इन्द्र स्मृति पुरस्कार अनामिका न्यौपाने, राधा सुवेदी पुरस्कार सन्देश भारतीलाई जनही ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको छ ।

महाविद्यालयकी संस्थापक बुधमाया खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एक्सेल डेभलपमेन्ट बैंकका कार्यकारी निर्देशक डक्टर इन्द्रकुमार कट्टेल, महाविद्यालयका प्राचार्य डक्टर रुपकप्रसाद खनाल, सहप्राचार्य सरु भुर्तेल खनाललगायतले सम्मान गरेको थिए ।

महाविद्यालयको तर्फबाट शिक्षक विकास कोइरालाले स्वागत गरेको कार्यक्रममा विद्यार्थीको तर्फबाट सभ्या गिरीले स्वागत गरेकी थिइन् ।

महाविद्यालयको गतिविधिसहित कार्यक्रमको औचित्यमाथि क्याम्पस प्रमुख डक्छर खनालले प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए । महाविद्यालयमा हाल ४९० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक कर्मचारी ४० जना कार्यरत रहेको जनाइएको छ ।

Adv footer