२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

उजुरी परेपछि देउराली साकोसद्वारा बचतकर्ताको रकम फिर्ता


बिर्तामोड, चैत १८ । झापा बिर्तामोडको देउराली बचत तथा ऋण सहकारी संस्थाले न्यायिक समितिमा उजुरी परेपछि सदस्यहरुको कारोबार मिलाएको छ ।

बचत फिर्ता नपाएको भन्दै बिर्तामोड नगरपालिकामा देउरालीविरुद्ध उजुरी दर्ता भएको थियो । बचतकर्ताहरु महेश सुनुवार, गर्जबहादुर मुखिया, अमुल राजवंशी र शेखराज निरौलाले गत असार ६ गते न्यायिक समितिमा उजुरी दिएका थिए ।

न्यायिक समितिले सम्बन्धित देउराली बचत तथा ऋण सहकारी संस्थालाई पत्राचार गर्न नपाई निवेदकहरु सहकारीमा गएर साधारणसभामा सहभागिता जनाएर बचतकर्ता र सहकारीबीचमा सहमति भएको न्यायिक समितिका संयोजक रहेका बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।

Adv footer