२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बैंकिङ कसुर मुद्दामा तोपगाछीका पौडेल पक्राउ


भद्रपुर, चैत १८ । झापा कमल गाउँपालिकाका बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई आज साँझ इलामबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नागरिकतामा झापा तोपगाछी गाविस वडा नम्बर ९ ठेगाना उल्लेख भई हाल इलाम चुलाचुली ४ बस्ने ३९ वर्षीय दुर्गाप्रसाद पौडेल रहेका छन् ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । पौडेल फरार रहेको अवस्थामा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले साँझ ५ बजे चुलाचुली–४ बाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Adv footer