२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापा आउँदै गरेको बोलेरो इलाममा दुर्घटना, पाँचजना घाइते


बिर्तामोड, चैत १८ । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । 

आज साँझ ५.०७ बजे इलाम नगरपालिका- १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे. १ ज २६ ४५ नम्बरको बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

बोलेरोमा सवारमध्ये पाँचजना यात्रु घाइते भई उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी निरीक्षक सञ्जीव बोगटीले बताए ।

दुर्घटना भएको भन्ने खबर अस्थायी प्रहरी बिट नेपालटारमा प्राप्त हुनसाथ ३ जना प्रहरी टोली खटिएको र बोलेरो चालक पाँचथर फिदिम नगरपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय विक्रम नेम्बाङलाई अस्थायी प्रहरी बिट नेपालटारले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते हुनेहरू
१) ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मङ्गलवीर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
२) ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
३) ताप्लेजुङ फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया लिम्बू (टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
४) झापा अर्जुनधारा –७ बस्ने १७ वर्षीया समीक्षा खड्का ( टाउकोमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )
५) पाँचथर कुम्मायक – ५ बस्ने अन्दाजी ३० वर्षीया इन्दिरा लिङ्दम लिम्बू ( बायाँ आँखामाथि चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको)

Adv footer