
बिर्तामोड, चैत १९ । झापाको दमकतर्फ मोटरसाइकलमा हालेर इलामबाट अवैध रुपमा काठ ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको छ ।
अन्दाजी ६ क्युबफिट बराबरको ८ थान सखुवाको काठ बोकेर को. ४५ प ९३०१ नम्बरको मोटरसाइकल आउँदा गर्दा काठ र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
आज बिहान अन्दाजी ३ः३० बजे इलाम चुलाचुली–५ चपेटीस्थित भित्री सडकखण्डमा माङसेबुङबाट दमकतर्फ आउँदै गर्दा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको गस्ती टोलीलाई देख्नसाथ मोटरसाइकल चालक भागेका थिए ।
उनको खोजतलास भइरहेको र काठ र मोटरसाइकल सब डिभिजन वन कार्यालय चुलाचुलीमा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।