२०८१ चैत्र २० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

यामाहाको नयाँ वर्षमा रोमाञ्चक पुरस्कारसहित ‘थ्रिल अफ थ्रि’


बिर्तामोड, चैत १९ । यामाहा नेपालले नयाँ वर्ष सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्रि’ सँगै गर्ने भएको छ । यामाहाका फ्यानलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिल प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम हो ।

यो स्किम यामाहा मोटरसाइकल र स्कुटरको सारलाई प्रतिविम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो ।

‘थ्रिल अफ थ्रि’ अन्तर्गत रोमाञ्चक पुरस्कारतर्फ एक्साइटमेन्ट सेयरमा १ हजार रुपैयाँ, आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्रि’ सेयरमा तत्काल १ हजार, स्टाइल देखाउँदै ५० हजार रुपैयाँसम्म जित्ने व्यवस्था छ ।

नजिकैको यामाहा डिलरसिपमा गई आफूले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउँदै ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका रहेको छ । पर्फर्मेन्सका आधारमा १ लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिनेछ ।

योजना अवधिमा ब्रान्ड–न्यु यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दै १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका रहेको छ ।

ग्राहकको लागि नगद पुरस्कारका साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्नेछ ।

स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजको इएमआई जस्ता लाभ लिन सकिनेछ ।

‘थ्रिल अफ थ्रि’ स्किम केवल अफर मात्र होइन, यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नताप्रतिको जोश प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ ।

उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेहरूका लागि डिजाइन गरिएका छन् ।

एमएडब्ल्यु राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित एक अग्रणी दुई पांग्रे ब्रान्ड हो ।

नेपालमा बलियो उपस्थिति भएको यामाहा विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न समर्पित छ ।

Adv footer