
भद्रपुर, चैत २४ । झापाको भद्रपुरमा हुने भेट्रान फुटबल प्रतियोगिता राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिका सञ्चालन गरिने भएको छ ।
पाँचौँ संस्करणको प्रतियोगिता चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही बैशाख ६ गतेदेखि हुने क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ । मेची रंगशालाको मैदानमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
बैशाख १३ गते हुने फाइनलका विधागत उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने बिकी जैसवालले जनकारी दिए ।
विजेताको नगद पुरस्कारको भद्रपुर १० का टार्जन गुरुङ, जजिना राई, र जिया राईले सौजन्य गरेका छन् । उपविजेताको पुरस्कार शिवसताक्षी ८ का मनोज लावतीले सौजन्य गरेको अध्यक्ष राईले जानकारी दिए ।