२०८१ चैत्र २७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा प्रतिबन्धित औषधिसहित सुनसरीका माझी पक्राउ


दमक, चैत २५ । झापाको दमकबाट ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित सुनसरीका एकजना पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई हाल झापा दमक ४ डेरा गरी बस्ने २६ वर्षीय विवेक माझी रहेका छन् । उनी प्रतिबन्धित औषधिको कारोबारी भएको बुझिएको छ ।

पक्राउ परेकाहरुलाई सोधपुछका क्रममा खुल्न आएपछि उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

ट्रामाडोल ९१८ पत्ता (९१८० गोटी), स्पास्टिन १६५७ पत्ता (१६५०० क्याप्सुल) र नगद २ लाख ८९ हजारसहित माझीलाई नियन्त्रणमा लिइएको हो ।

बरामद प्रतिबन्धित औषधि र नगदसहित माझीलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer