
बिर्तामोड, चैत २७ । झापाको मेचीनगरमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुबीच सम्झौताका साथै संस्थागत सम्बन्ध मजबुद बनाउनेबारे छलफल भएको छ ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको दोस्रो क्रस बोर्डर टुरिजम कनक्लेभका अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र इस्टर्न हिमालयन टुर एन्ड ट्राभल अपरेर्टस एसोसिएसन (इह्टोवा) भारतबीच सम्झौता भएको हो ।
एकअर्काका पर्यटक भित्र्याउनेबारे संयुक्त टुरिजम प्याकेजहरु बनाउन र प्रवर्द्धन गर्न सम्झौताले भूमिका खेल्ने विश्वास लिइएको छ ।
त्यस्तै, सीमापार पर्यटनका लागि सहजीकरण गर्दै एकअर्काको क्षेत्रमा पर्यटकहरु ल्याउन, लैजान र भ्रमण सञ्चालन गर्न सहज हुने आशा गरिएको छ ।
कार्यक्रममा प्यानल डिस्कसन, व्यावसायिक अन्तरक्रिया, बिटुबी सुजनबारे नेपाल र भारतका पर्यटन व्यवसायी, सञ्चारकर्मी, सरकारी अधिकारीहरुबीच बृहत छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् कार्यक्रम संयोजक उदयकुमार श्रेष्ठ, अध्यक्ष पुण्य भट्टराई, महासचिव नविन खरेल, इह्टोवा भारतका अध्यक्ष सुरेश ठकुरी, कार्यक्रम संयोजक संदीपपन घोष, भारतीय सञ्चारकर्मीहरु मानुस बेनर्जी, अभिजित सिन्हा लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ र मेचीनगर नगरपालिका निमित्त नगरप्रमुख मीना पोखरेलले कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने भएको हुँदा सफल पार्न आग्रह गरे ।