बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा बस्दै आएको ५४ वर्षीय लावतीको घटनास्थलमै मृत्यु भएको हो ।


स्थानीय गोमनाथ चेम्जोङको घरमा बसेर खेती अधियाँ गर्दै आएको पाँचथर मिक्लाजुङ-३ स्थायी घर भएका लावतीको चट्याङको झड्काले मृत्यु भएको प्रअरीले जनाएको छ ।

