२०८२ बैशाख ५ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारामा खुला साइक्लिङ च्यालेन्ज हुने


बिर्तामोड, चैत २८ । झापाको अर्जुनधारामा प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ हुने भएको छ । कप्तानबारी युवा परिवारको आयोजनामा हुने प्रतियोगिता दुई विधामा सञ्चालन गरिनेछ ।

यही बैशाख ६ गते हुने प्रतियोगितामा झापा जिल्लाका खेलाडीलाई मात्र समावेश गरिने क्लबका अध्यक्ष सन्तोष चौधरीले जानकारी दिए । प्रतियोगिता १३ वर्षमुनि र खुला गरी दुई विधामा हुनेछ ।

क्लबका कोषाध्यक्ष गगन बानियाँका अनुसार खुला समूहको विजेताले नगद १५ हजार पाउनेछ भने दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

खुलतर्फको दूरी १८ किलोमिटर रहेको छ भने अन्डर १३ को दूरी ७ किलोमिटरको रहेको छ । यो समूहको विजेताले नगद ५ हजार पाउँदा दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बानियाँले झापा टुडेलाई बताए ।

प्रतियोगितामा पहिलो हुने एकजना महिला र ४० वर्षमाथिको पुरुषलाई विशेष सम्मान गरिने अध्यक्ष चौधरीले बताए । प्रतियोगितालाई प्याक एन्ड पेडलले सहयोग गरेको छ ।

कप्तानबारीको दुर्गा मन्दिरबाट सुरु हुने दौड कञ्चनबाडी, अर्जुनधाराधाम, नारायणचोक, मदनपुर, सिस्ने, जयपुर कटरडाँडा प्रणामी मन्दिर लक्ष्मीपुर पुष्पलालचोक हुँदै पुनः कप्तानबारीमा आएर टुंगिनेछ ।

Adv footer