२०८१ चैत्र ३० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको सहकारीको रकम हिनामिना गर्ने कर्मचारी जेल चलान


बिर्तामोड, चैत २९ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको ३ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका कर्मचारी जेल चलान भएका छन् ।

३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेल जेल चलान भएका हुन् ।

झापा जिल्ला अदालतको ८ नम्बर न्यायाधीश ऋत्तबहादुर पुलामी मगरको आजको इजलासले भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको एक कानुन व्यवसायीले जानकारी दिए ।

गौरादह २ घर भई सहकारीको शिवगञ्ज सेवाकेन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति, बचत तथा ऋण हिनामिना गरेका थिए । सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको थियो ।

Adv footer