बिर्तामोड, चैत ३०। झापाको बाह्रदशीमा मावल गएका एकजना बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा-३ का लोकबहादुर तामाङका छोरा ९ वर्षीय कृष्ण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तामाङ मावल घरदेखि ५० मिटरपूर्व पोखरीको डिलमा खेल्ने क्रममा हिजो दिउँसो ३ बजे पानीमा डुबेर सिकिस्त भएका थिए । उनी आमा सिया लामासँगै मावल बाह्रदशी २ किरात टोलका पदम लामाको घर गएका थिए ।
उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ४ः५० मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।