२०८१ चैत्र ३० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा गाँजासहित दुई भारतीय पक्राउ


बिर्तामोड, चैत ३० । प्रहरीले झापाको बिर्तामोडमा लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बेंगलोर कनाटाकास इजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय इब्राहिम केथाड्थ रहेका छन् ।

उनीहरुमाथि शंका लागेर जाँच गर्दा २ वटा सुटकेसभित्र खानेकुरा चिप्सको ३६ थान प्याकेटभित्र लुकाएर ल्याएको गाँजा ५ केजी ५३४ ग्राम र २ वटा डब्बाभित्र रहेको लिसाइलो पदार्थजस्तो देखिने जेली ८ थान फेला परेको थियो ।

उनीहरु बिर्तामोडको सिटीसेन्टरस्थित पूर्वपश्चिम राजमार्गमा काठमाडौँबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र.३–००१ ख २८२५ नम्बरको न्यु सृष्टि गोल्ड रात्रिकालीन बसमा रहेका थिए ।

दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer