
बिर्तामोड, चैत ३० । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायिक सदस्य राहत कोषमा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाईं विपिनले आफ्नो जन्मदिनको अवसर पारेर रकम प्रदान गरेका छन् ।
उनीहरुले कोष बृद्धिमा सहयोग पुर्याउन भन्दै संघका अध्यक्ष राजु न्यौपानेलाई एक लाख ११ हजार १११ रुपैयाँ रकम प्रदान गरेका हुन् ।
बिर्तामोडका युवा व्यवसायी कोइरालाले कोषका लागि ५५ हजार ५५५ रुपैयाँ र बजगाईंले पनि ५५ हजार ५५५ रुपैयाँ रकम बराबरको चेक प्रदान गरेका छन् ।
संघका अध्यक्ष न्यौपाने, कोषका संयोजक राजकुमार घिमिरे राजुसहितका पदाधिकारीलाई उनीहरुले उक्त रकम प्रदान गरेका हुन् ।
सो अवसरमा उनीहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघले जन्मदिनको शुभकामनासहित कदरपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।