२०८१ चैत्र ३० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा करेन्ट लागेर एकजनाको मृत्यु


बिर्तामोड, चैत ३० । झापाको कन्काईमा करेन्ट लागेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो ।

कनकाई-१ बस्ने ६६ वर्षीय ताराबहादुर विश्वकर्मा आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि आफन्तले विर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

Adv footer