२०८२ बैशाख २ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बालकलाई अप्राकृतिक मैथुन गर्ने मेचीनगरका विक पक्राउ


बिर्तामोड, बैशाख १ । झापा मेचीनगरका एकजना व्यक्ति ११ वर्षीय बालकलाई ललाइफकाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका वडा नम्बर ९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी बस्ने २६ वर्षीय अञ्जन शंकर विक रहेका छन् ।

चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका वडा नम्बर–१५ ज्यामिरगढीमा विकले ११ वर्षीय बालकलाई ललाइफकाई एकान्तमा लगेर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ ।

पीडितका तर्फबाट हिजो इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेपछि प्रहरीले विकलाई नियन्त्रणमा लिएको हो ।

पीडित र पीडक दुवै पक्षलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

Adv footer