२०८२ बैशाख २ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मेची आँखा अस्पतालमा बुद्धको प्रतिमा, मास लाइट पनि जडान


बिर्तामोड, बैशाख १ । झापाको बिर्तामोडमा रहेको पूर्वकै ठुलो, सस्तो र सुविधासम्पन्न मेची आँखा अस्पतालमा बुद्धको आकर्षक प्रतिमा स्थापना गरिएको छ ।

आज एक कार्यक्रमका बीच नयाँ वर्षको अवसरमा सो बुद्धको प्रतिमा सार्वजनिक गरिएको छ । फलामे तारबाट मानवनिर्मित सो प्रतिमा दुई वर्ष लगाएर बनाइएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बताए ।

यसैबीच, अस्पतालको प्रवेशद्वार नजिकै रहेको आइल्यान्डमा अभिभावकलाई सन्तानले डोहोर्‍याउँदै गरेको दुईवटा प्रतिमा पनि स्थापना गरिएको छ । सो प्रतिमा पनि तारबाट बनाइएको हो ।

साथै, अस्पताल परिसरमा मास लाइट पनि जडान गरिएको छ । अस्पतालमा आउने बिरामीहरुको सहजताका लागि मास लाइट जडान गरिएको अध्यक्ष गुरुङले बताए ।

पोर्टस् फर अल कमिसन कोशी प्रदेश अध्यक्ष भोजराज सिटौला र अस्पतालका अध्यक्ष गुरुङले संयुक्त रुपमा सो प्रतिमा अनावरण र मास लाइटको उद्घाटन गरेका थिए ।

आँखाको लेजर अप्रेसनसमेत गर्दै आएको अस्पतालमा नेपालका साथै भारतको पश्चिम बंगाल, सिक्किम, असम, मेघालय, अरुणाचल, मणिपुर राज्यसहित बंगलादेश र भुटानका सेवाग्राही उपचारका लागि आउने गरेको अध्यक्ष गुरुङले बताए ।

Adv footer