२०८२ बैशाख २ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट घाइते दर्जीको मृत्यु


बिर्तामोड, बैशाख २ । झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्करबाट घाइते झापा शिवसताक्षी-८ का ६० वर्षीय पुष्पदास दर्जीको आज उपचारको क्रममा विर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दर्जीलाई हिजो साँझ बुद्धचोकमा डुँडामारीबाट झिलझिलेतर्फ आउदै गरेको प्रदेश १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रहरीले मोटरसाइकल चालक शिवसताक्षी-८ का ३० वर्षीय दुरेन सेर्मा लिम्बू नियन्त्रणमा लिएको जनाएको छ ।

Adv footer