बिर्तामोड, बैशाख २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज (मंगलबार) राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो । योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको १६० तथा डिजेल र मट्टितेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ तथा डिजेल र मट्टितेलको १४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।