
बिर्तामोड, बैशाख ३ । झापा हल्दिबारीका ठगी मुद्दाका एकजना मानिस २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी-१ का ६१ वर्षीय नरबहादुर विक छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विकलाई आप पक्राउ गरिएको हो । उनी २०५७ सालयता अदालतको फैसला छल्दै लुकिरहेका थिए ।
झापा जिल्ला अदालतमा आज उपस्थित गराई अदालतको आदेशबाट झापा कारागार पठाइएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
ठगी मुद्दामा झापा जिल्ला अदालतको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसलाअनुसार विकलाई १ वर्ष कैद र ५३ हजार ३३३ रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो ।