२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

बिबिसीसँग रोकियो झापा एफसी, पाँचौँ स्थानमा यथावत


बिर्तामोड, बैशाख ३ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लबले इन्ज्युरी समयमा अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग १-१ गोलको बराबरी खेलेको छ ।

बराबरीमा दुवैले समान १ अंक प्राप्त गरे । एन्फा कम्प्लेक्समा भएको आजको एक मात्र खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा झापाले अग्रता बनायो । बक्सभित्रबाट पुजन राईले गोल गरे । झापाले १–० को अग्रता बनायो ।

निर्धारित ९० मिनेटसम्म झापासँग १-० को अग्रता थियो । झापा जितनजिक पुगिसकेको थियो । तर, इन्ज्युरी समयको पाँचौँ मिनेटमा मुकुन्दकुमार निउरेले गोल गरे । मुकुन्दको यो गोलमा बिबिसी हारबाट जोगियो ।

यो बराबरीमा ६ खेलपछि झापा ८ अंक बनाउँदै लिगको पाँचौँ स्थानमा रहेको छ । सामना खेलबाट ८ अंक नै बनाएको बिबिसी छैटौँ स्थानमा छ ।

Adv footer