२०८२ बैशाख ६ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

माईधार-झिलझिले सडक सञ्चालनमा


बिर्तामोड, बैशाख ४ । आज बिहान परेको पानीले भत्किएको पूर्वपश्चिम-राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवेको डाइभर्सन निर्माण गरिएको छ ।

झापाको माईधार-झिलझिले खण्डमा डाइभर्सन बगाएर सडक अवरुद्ध भएपछि बिहानै धमाधम निर्माण गरिएको स्थानीय जगन कार्कीले जानकारी दिए ।

अहिले सडक सञ्चालनमा आइसकेको र भत्किएको डाइभर्सन पुनर्निर्माण गरिएको हो । शिवसताक्षी वडा नम्बर ९ र १० मा पर्ने भालुखोलाको डाइभर्सन पानीले बगाएपछि मुख्य राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।

Adv footer