२०८२ बैशाख ६ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सुन तोलको एक लाख ९० हजार नाघ्यो


बिर्तामोड, बैशाख ४ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य मूल्यले बढेको छ ।

आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६३ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ ५० पैसा कायम भएको छ ।

Adv footer