
बिर्तामोड, बैशाख ४ । टिभिएस मोटरसाइकलले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ ।
आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको बिर्तामोडस्थित बिक्रेता पाथिभरा अटो लिंकले पनि सो एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको सञ्चालक सजेश शिवाकोटीले बताए । एक्सचेन्ज अफरअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म छुट पाउने छन् ।
कार्यक्रममा गुडे पनि नगुडे पनि पुरानो बाइक वा स्कुटरको ३० हजार रुपैयाँसम्मको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनाअन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा खरिद गर्ने अवसर, जसमा इएमआइ फ्रिको सुविधा प्राप्त गर्नेछन् ।
अर्का सञ्चालक यम कार्कीका अनुसार एक्सचेन्ज मेनिया कार्यक्रम बैशाख ७ गतेदेखि १२ गतेसम्म टिभिएस सोरुममा सञ्चालन हुनेछ ।
अफरअन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायत एक्सेसोरिजहरु ग्राहकले निःशुल्क पाउने छन् । साथै, टिभिएस लाइफ टाइम वारेन्टी पनि उपलब्ध हुनेछ ।