
बिर्तामोड, बैशाख ५ । झापाको बिर्तामोड–७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको अध्यक्षमा कृष्णप्रसाद लिम्बूको प्यानल नै विजयी भएको छ ।
लिम्बूको नेतृत्वमा रहेको स्वतन्त्र गठबन्धनले मतगणना सुरु हुँदैदेखि नै अग्रता बनाएको थियो । अहिले बिहान सकिएको मतगणनामा लिम्बूले ४८४ मत ल्याएर शानदार जित दर्ता गरेका हुन् ।
सामाजिक तथा खेलकुद अगुवा लिम्बूले सबै टोलमा प्रतिस्पर्धी उम्मेदवार सूर्य भट्टराईसँग फराकिलो मतान्तर बनाएका छन् । भट्टराईले २५३ मत ल्याए । लिम्बूले २३१ मतान्तरले भट्टराईलाई हराएका हुन् ।
लिम्बूको प्यानलले नै विजय हासिल गरेको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा, सचिवमा इन्दिरा अधिकारी बाँसकोटा, सहसचिव जीवन कार्की र कोषाध्यक्षमा ईश्वरादेवी भट्टराई विजयी भएका छन् ।
त्यस्तै, आरक्षित पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेती, मञ्जु कट्टेल उप्रेती, जनजातितर्फ बुद्धराज लिम्बू, दलिततर्फ सावित्रा कार्की र आदिवासीतर्फ मनमाया हस्दा विजयी भएका छन् ।
त्यस्तै, पाँचवटा टोलतर्फ १ नम्बर टोलमा वीरबहादुर श्रेष्ठ, धनमाया फुयल, २ नम्बर टोलमा मेघराज पौडेल, लीलादेवी उप्रेती, ३ नम्बर टोलमा डिल्लीराम प्रसाईं, भीमा श्रेष्ठ, ४ नम्बर टोलमा राजकुमार लावती, सुनिताकुमारी राजवंशी तथा ५ नम्बर टोलमा खगेन्द्र कटवाल र बन्दना लिम्बू विजयी भएका छन् ।