२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

चन्द्रगढी भेट्रान फुटबलको तयारी पूरा


बिर्तामोड, बैशाख ५ । भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता २०८२ को तयारी पूरा भएको छ ।

झापाको भद्रपुरस्थित मेची रंगशालाको मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति गरिएको छ भने अन्य प्राविधिक काम पनि सकिएको क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा हुने प्रतियोगिताको उद्घटन खेलमा हिमाली युनाइटेड क्लब भद्रपुर र झिलझिले भेट्रान एफसी खेल्ने भएका छन् ।

पहिलो दिन नै काँकरभिट्टा भेट्रान एफसी र दमक भेट्रान एफसीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताअन्तर्गत प्रत्येक दिन दुईवटा खेल हुने छन् ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

झापाका ११ र मोरङको एउटा टिमको सहभागिता रहने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ ।
प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer