बिर्तामोड, बैशाख ९ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा तेलको ट्यांकरले साइकलयात्री लाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजे कनकाई–८ घाघरा पुलमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ नम्बरको ट्यांकरले ठक्कर दिँदा अर्जुनधारा–५ बस्ने लेखनाथ सापकोटाका मृत्यु भएको हो ।
उनी सापकोटा कल्याण केन्द्र सुरुङ्गाका पुजारी रहेको प्रहरीले झापा टुडेलाई जानकारी दिएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
ट्यांकरकै दिशातर्फ आउँदै गरेका साइकलयात्रीलाई सापकोटालाई डाइभर्सनमा ठक्कर दिएको थियो ।