२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

टोक्ला चिया बगानले भत्कादियो सनसरी मन्दिर, स्थानीयको विरोध


मेचीनगर, बैशाख ९ । झापाको मेचीनगरमा रहेको नेपाल चिया विकास निगमको टोकला चिया कमानभित्र रहेको मन्दिर बगान समूहले भत्काएको छ ।

मेचीनगर-८ पातलगंगा रहेको सनसरी मन्दिर हिजो राति ०९ः३० बजे सुवास संघाईको समूहले डोजर लगाएर भत्काएको प्रहरीले जनाएको छ । यही बैशाख २० गते सनसरी पूजा गर्ने तयारी गर्दैगर्दा बगान समूहले सहमतिविपरीत मन्दिर भत्काएको हो ।

पूजाको तयारीस्वरुप पूजास्थलमा घेराबारा गरेपछि टोकला चिया कमानको प्रतिनिधि र मन्दिर व्यवस्थापन समिति अध्यक्ष गणेश खरेललगायत बीच भएको छलफलमा टोकला चिया कमानले अन्यत्र मन्दिर बनाइदिने सहमति भएको थियो ।

तर, मन्दिर नबनाई बिनासहमाति पूजास्थल भत्काएपछि मन्दिर व्यवस्थापन समितिले विरोध सुरु गरेको छ ।

Adv footer