२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको सुधार केन्द्रमा लडेर इलामकी महिलाको मृत्यु


बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा रहेको एक सुधार केन्द्रभित्र लडेर इलामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम नगरपालिका-४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

बिर्तामोड-५ किरातचोकस्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रको शौचालयमा हिजो राति १०ः१५ बजे लड्दा काफ्ले घाइते भएकी थिइन् ।

लडेर बेहोस भएकी काफ्लेलाई सुधार केन्द्रकी संस्थापक तिलरुपा कटुवालले मनमोहन अस्पताल भर्ना गराएकी थिइन् । थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ३ महिनादेखि सुधारको लागि काफ्ले सो सुधार केन्द्रमा बस्दै आएकी थिइन् ।

Adv footer