२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ताप्लेजुङमा जिप आगलागीमा मृत्यु भएका तीनजनाको सामुहिक अन्त्येष्टि


भद्रपुर, बैशाख ९ । ताप्लेजुङको फुङलिङमा जिप लागलागी भएर मृत्यु भएका झापा भद्रपुरका दुईजनासहित तीनजनाको सामुहिक अन्त्येष्टि गरिएको छ ।

पाथिभरा क्षेत्रमा हिजो बाटोमा तत्रिएको बिजुलीको तारमार्फत करेन्ट लागेर जिप आगलागी भएको थियो । उनीहरुको आज संकटेश्वर विश्रान्ती घाटमा अन्त्येष्टि गरिएको थियो । उनीहरुको शव आज दिउँसो ताप्लेजुङबाट भद्रपुर ल्याइएको थियो ।

घटनामा भद्रपुर-८ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, उनीहरुकी नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य र गाडी चालक ताप्लेजुङको फुङलिङ १० का ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको थियो ।

फुङलिङबाट दर्शनार्थी लिएर पाथिभरा जाँदै गरेको मे. १ च ३०११ नम्बरको बोलेरो जिपमा हिजो बिहान ५ बजेतिर सेवारो चोकमा पोलबाट लत्रिएको तार छुँदा करेन्ट लागेको थियो ।

दुर्घटनामा पौडेलका छोरी ललितपुर–१० बस्ने ४५ वर्षीया सविना आचार्य र नाति ९ वर्षीय भवियम आचार्य घाइते भएका छन् ।

Adv footer