२०८२ बैशाख १० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भेट्रान फुटबलः आयोजक फाइनलमा


भद्रपुर, बैशाख १० । आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि उत्कृष्ट जित निकाल्दै आयोजक उपाधिनजिक पुगेको हो ।

आयोजक चन्द्रगढीले दुधेलाई ३-० गोल अन्तरले हराएको हो । चन्द्रगढीका लागि खेलको २३ औँ र ४७ औँ मिनेटमा सुवास खड्काले गोल गरे भने खेलको ४१ औँ मिनेटमा सन्तोष बस्नेतले एक गोल गरे ।

खेलको प्लेयर अफ द म्याच चन्द्रगढीका सन्तोष बस्नेत भए । उनले नगद २१०० रुपैयाँ पाए ।

भोलि अन्तिम सेमिफाइनल खेल बिर्तामोडको पूर्वेली युवा क्लब र उर्लाबारीको ढल्के जोवन भेट्रान एफसीबीच हुनेछ ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer