२०८२ बैशाख १३ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भेट्रान फुटबलको उपाधि आयोजकलाई


भद्रपुर, बैशाख १३ । पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक चन्द्रगढीले उचालेको छ ।

सडनडेथमा उर्लाबारीको ढल्के जोवन भेट्रान एफसीलाई हराउँदै आयोजक च्याम्पियन बनेको हो । भद्रपुरको मेची रंगशालामा आज शनिबार भएको फाइनल भिडन्तमा चन्द्रगढीका गोलकिपर नायक बने ।

उपाधिसँगै चन्द्रगढीले नगद १ लाख १ हजार र ट्रफी प्राप्त गर्यो । उपविजेतामा सीमित ढल्के जोवनले नगद ५१ हजार र ट्रफीमा चित्त बुझायो ।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ३-३ गोलको बराबरी भइपछि खेल सडनडेथमा गएको थियो ।

सडनडेथमा चन्द्रगढीले ढल्के जोवनलाई ४-३ गोल अन्तरले हराएको हो । चन्द्रगढीका गोलकिपर रुपक गुरुङले चारवटा गोल छेकेका थिए ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा भएको प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको थियो ।

फाइनल खेलको प्लेयर अफ द म्याच चन्द्रगढीका गोलकिपर रुपक गरुङ भए । उनले नगद २१०० र ट्रफी पाए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई गोलकिपर रुपक गुरुङ, डिफेन्डर सन्तोष बस्नेत, मिडफिल्डर निरु लिम्बू, फरवार्ड उर्लाबारीका डेनिक राई, प्रशिक्षक उमेश ताम्राकार, उच्च गोलकर्ता सुवास खड्का र सर्वोत्कृष्ट खेलाडी कप्तान प्रेम लिम्बू भए । उनीहरुले नगद ३१०० र ट्रफी पाए ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको थियो । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको थियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राई, उपाध्यक्ष बिक्की जैसवाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Adv footer