२०८२ बैशाख १४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा गोमन सर्पले डस्दा राजवंशीको मृत्यु


बिर्तामोड, बैशाख १४ । झापाको बिर्तामोडमा विषालु सर्पले डस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ भुसाबारीका ४८ वर्षीय सजनलाल राजवंशी छन् ।

उनको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ विषालु सर्प सेतो गोमनले राजवंशीलाई डसेको बताइएको छ ।

साँझ घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि सुरुमा चारआली सर्पदंश उपचार केन्द्र लगिएको थियो ।

त्यहाँ सम्भव नभएपछि बिएन्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिएका छन् ।

Adv footer