२०८२ बैशाख १४ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनमा लागुऔषधविरुद्ध विद्यार्थीको फ्यान क्लब


मेचीनगर, बैशाख १४ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अग्रणी रहेको धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले विद्यार्थीका लागि लागुऔषधविरुद्ध क्लब गठन गरेको छ ।

विद्यालयमा आयोजित एक सचेतनामुलक कार्यक्रमका बीच विद्यार्थी योगिता शाहीको संयोजकत्वमा फ्यान क्लब गठन गरिएको हो । क्लबको सहसंयोजकमा विकल्प प्रसाईं रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा बन्दिता श्रेष्ठ, चाँदनी बास्कोटा, उमङ्ग अग्रवाल, संयोग ओली, सुप्रिया आचार्य, सरस्वती भट्टराई, सुसांक शिवाकोटी, निर्जला गौतम र आदित्य भेटवाल रहेका छन् । क्लबको शिक्षक संयोजकमा महेश खड्का रहेका छन् ।

क्लब गठनले लागुऔषधविरुद्धको अभियानमा विधार्थी जुट्ने विश्वास लिइएको विद्यालयका प्रिन्सिपल सञ्जीव राइले जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवम सुरक्षित समाजको लागि भन्ने मुल नाराका साथ विद्यालयमा एक दिने सचेतना कार्यक्रमसमेत सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यलय धुलाबारी, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा लागुपदार्थ दुर्व्यसनविरुद्ध लाग्न सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान गर्दै यसमा नलाग्न र यसबाट बच्च के गर्न सकिन्छ भन्ने सचेतनामुलक भिडियो सामग्री प्रस्तुत गरिएको थियोे ।

Adv footer