
बिर्तामोड, बैशाख १४ । २०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी इङलिस स्कुल भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीले यही शैक्षिकसत्रदेखि कक्षा ११ को अध्ययन सुरु गर्दैछ ।
प्याब्सन तथा अन्य प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको भद्रपुर ९ प्रणामी टोलमा रहेको विद्यालयमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका लागि आफ्नै खेल मैदान रहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।
विद्यालयमा स्काउटका साथै नृत्य र संगीतका कक्षाहरु सञ्चालनमा रहेका छन् । हालै सम्पन्न कक्षा ५ र ८ को रिजल्टमा भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल ग्यालेक्सीमा भौतिक रुपमा सुविधा सम्पन्न भवन र कक्षाकोठा रहेको अर्का सञ्चालक विवेक चम्लागाईंले बताए ।
साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ । बालमैत्री वातावरणमा पढाइ हुने विद्यालयले यो शैक्षिक सत्रमा १२० जना नयाँ विद्यार्थी भर्ना गरिसकेको छ ।

विद्यालयले विद्यार्थीको सुविधाको लागि मेचीनगरका धाइजन, चारआली, ज्यामिरगढी र धुलाबारीसम्म बसको व्यवस्था गरेको छ । त्यस्तै, भद्रपुरका चन्द्रगढी र ज्ञानेचोकसम्म विद्यालयको बस जानेआउने गरेको छ ।
